राजापुर क्षेत्रबाट व्यक्तिले पटक–पटक निर्वाचन जिते तर ठाउँले कहिल्यै जितेन-मन्त्री चौधरी

पाताभार । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्म बहादुर चौधरीले बर्दियाको राजापुर क्षेत्रबाट व्यक्तिले पटक–पटक निर्वाचन जिते तर यो ठाउँको विकासले सधै हारिरहेको बताउनुभएको छ । एक प्रिय राठौर माध्यमिक विद्यालय गेरुवा २ पाताभारले शनिवार विद्यालय परिसरमा आयोजना गरको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले अब गेरुवा र राजापुर क्षेत्रलाई जिताउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।‘गेरुवा र राजापुर क्षेत्र असुरक्षित छ, असुरक्षित भएकोले यस क्षेत्रमा कसैले लगानी गर्न चाहादैनन ।’ मन्त्रि चौधरीले भन्नभयो, ‘अब हामीले यहाँको क्षेत्र सुरक्षित गर्नुपर्ने छ, यहाँको माटोको सुरक्षा गर्नु छ ।’ दुई चरणमा भएको कार्यक्रममा पहिले विद्यालय परिवारले कार्यक्रम संचालन गरको थियो भने दोस्रो चरणमा नागरिक उन्मुक्ति पार्टी गेरुवाले कार्यक्रम संचालन गरेको थियो ।एक प्रिय विद्यालय परिवारले संचालन गरको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुतन कुमार चौधरीले सभाध्यक्ष आसनग्रहण गर्नुभएको थियो भने दास्रो चरणको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी गेरुवा गाउँपालिका कमिटीका अध्यक्ष प्रेमलाल चौधरीले अध्यक्षता आसनग्रहण गर्नुभएको थियो ।कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्म बहादुर चौधरी प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । दुइ वटै कार्यक्रमलाई एकै पटक सम्बोधन गर्दै मन्त्री चौधरीले आफ्नो पहिलो प्राथमिकता राजापुर क्षेत्रलाई सुरक्षित बनाउने रहेको उल्लेख गर्दै सबैले यो अभियानमा रचनात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।उहाँले राजापुर क्षेत्रले विश्वकै मिठो धान उत्पादन गरेपनि यस क्षेत्रले न्याय पाउन नसकेको उल्लेख गर्नुभयो । मन्त्री चौधरीलाई कार्यक्रममा विद्यालय परिवार लगायत विभिन्न व्यक्तिहरुले यस क्षेत्रका समस्याहरु सहितको ज्ञापन पत्र बुझाएका थिए । फोटो फिचर

Back to top button