युनिक स्वयम सेवक नेपालद्वारा गेरुवाका मृगौला पीडित निलमलाई आर्थिक सहयोग

शान्तिबजार । युनिक स्वयम सेवक नेपालले गेरुवा ३ बनकट्टीका मृगौला पीडित निलम कुमार चौधरीलाई आर्थिक सहयोग गरेको छ । धरान उपमहानगर पालिका १५ सुनसरीमा केन्द्रिय कार्यालय रहेको युनिक स्वयम सेवक नेपालले संकलन गरेको २ लाख १७ सहजार ५ सय रुपैँया एक कार्यक्रमका बीच परिवारलाई हस्तान्तरण गरेको हो ।लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा करिब १ महिनामा घरदैलो अभियानबाट उक्त रकम संकलन गरिएको युनिक स्वयम सेवक नेपालका सचिव सरोज कार्कीले गेरुवा अपडेटलाई जानकारी दिनुभयो । २०७७ सालमा दर्ता भएको युनिक स्वयम सेवक नेपालले अहिलेसम्म करिब १५/२० जना पीडित परिवारलाई सहयोग गरिसकेको छ भने रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम लगायतका थुप्रै सामाजिक कार्यहरु गर्दै आइरहको सचिव कार्कीले बताउनुभयो ।                गेरुवा अपडेटमा मृगौता पीडित निलम कुमार चौधरीको परिवारको दयनिय अवस्था देखेपछि उहाँलाई सहयोग गर्नुपर्छ भनेर अभियानमा लागेर रकम संकलन गरिएको युनिक स्वयम सेवक नेपालका सचिव कार्कीले बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रममा गेरुवाबाट निलम बचाउँ अभियानमा सक्रिय रुपमा लाग्नुभएका बिमला स्वाँर, उत्तमराम चौधरी, नितु भुषाल लगायतको सहभागिता रहेको थियो ।

Back to top button