बदेलको आक्रमणबाट गेरुवामा एक जना घाईते

बगहिपुर । बर्दियामा बदेलको आक्रमणबाट एक जना घाईते भएका छन । गेरुवा गाउँपालिका वडा नं. १ बगहिपुर बस्ने गणेश वैद्य बदेलको आक्रमणबाट घाइते भएका हुन । विहान करिब साढे ६ बजेतिर घर नजिकैको मकैबारी हेर्न गएको बेला बदेलले आक्रमण गरेको थियो ।

घाईते वैद्यको गेरुवा १ स्थित स्थानीय मेडिकल हलमा प्राथमिक उपचार गरिएको छ । घाइते वैद्यको दायाँ खुट्टामा गहिरो घाउ छ भने बायाँ खुट्टामा सामान्य घाउ रहेको छ । उहाँको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका स्थानीय जंगली जनावरबाट पीडित बनेका छन ।स्थानीयले उत्पादन गरेको अन्नबाली जंगली जनावरले नष्ट गरिदिने र मानव माथिनै विभिन्न समयमा आक्रमण गर्ने घटनाले गर्दा सर्वसाधारण चिन्तित बनेका छन । गेरुवा गाउँपालिका वडा नं. १ का निवर्तमान वडा अध्यक्ष दयाराम वैद्यले जंगली जनावरको आतंकबाट गेरुवाबासी आजित भइसकेकोले यसलाई रोक्न दिर्घकालिन योजना बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज बन्जरिया रेञ्ज पोष्टका रेञ्जर कलाधर गौतमले यस्ता घटनाहरुले आफुहरु पनि दुःखीत हुने बताउँदै सर्वसाधरणहरु सचेत हुनुनपर्ने बताउनुभयो । उहाँले जंगली जनावरको आतंक रोक्न निकुञ्जले विभिन्न प्रयास भने गरिरहेको उल्लेख गर्नुभयो ।

Back to top button