गेरुवामा आतंक मच्याएको चितुवा नियन्त्रणमा (फोटो फिचर)

झबही । बर्दियाको गेरुवा गाउँपालिकामा करिब एक महिनादेखि आतंक मच्याइरहको चितुवालाई नियन्त्रणमा लगिएको छ । गेरुवा गाउँपालिका वडा नं. ५ झबही स्थित पशुपति मध्यवर्ति सामुदायिक वनमा बिहिबार राति पासो (खोर) मा चितुवा परेपछि नियन्त्रणमा लिइएको हो ।गाउँमा चितुवाले घरपालुवा जनावरहरुलाई आक्रमण गरेपछि स्थानीय त्रसित बनेका थिए । चितुवाको क्रासका कारण स्थानीयबासीलाई सामुदायिक वनको छेउछाउ आवतजावत गर्न समस्या भएको पशुपति मध्यवर्ति सामुदायिक वनका चौकीदार भोला चौधरीले बताउनुभयो । उहाँका अनुसार चितुवाले दैनिक जसो घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेपछि स्थानीय त्रसित बनेका थिए ।चितुवाले जनमानसमा त्रास बढाएकोले यसलाई नियन्त्रणमा लगि सुरक्षित किसिमले बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको बर्दिया राष्ट्रिय निकुञ्ज बन्जरिया रेञ्ज पोष्टका रेञ्जर कलाधर गौतमले बताउनुभयो । उहाँका अनुसार चितुवा नियन्त्रणका लागि बाख्रा राखेर पासो बनाइएको थियो ।गाउँमा आतंक मच्याएको चितुवालाई नियन्त्रणमा लगिएपछि स्थानीय हर्षित बनेका छन । बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनवारको आतंकबाट गेरुवाबासी आजित बनिसकेका छन । फोटो फिचर

Back to top button