राप्रपाका युवा नेता रावलद्वारा गेरुवाका एक मृगौला पीडितलाई २५ हजार सहयोग

बनकट्टी । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता तथा केन्द्रिय सामाजिक विभाग प्रमुख विनय रावलले गेरुवाका एक मृगौला पीडिलाई आईतबार आर्थिक सहयोग गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी गेरुवाका उपाध्यक्ष रवि शाहीको समन्वयमा पीडित परिवारलाई आर्थिक सहयोग गरिएको हो ।सहयोग हस्तान्तरण कार्यक्रममा राप्रपा बर्दियाका सामाजिक विभाग प्रमुख युवराज शाह, जिल्ला सदस्य ऋषि राज पन्त, प्रदेश २ (ख) का क्षेत्रिय अध्यक्ष विनोद चन्द, प्रदेश २ (ख) का क्षेत्रिय सदस्य गोविन्द शाह, रामलाल विक, क्षेत्रिय सचिव राम दुलारे चौधरी, क्षेत्रिय सदस्य हरिराम थारु लगायतको उपस्थिति रहेको थियो ।राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता तथा केन्द्रिय सामाजिक विभाग प्रमुख रावल समुहद्वारा दुबै मृगौला पीडित गेरुवा ३ बनकट्टी निवासी निलम चौधरीको परिवारलाई २५ हजार रुपैँया सहयोग गरिएको हो । गेरुवा अपडेटसँग बोल्दै राप्रपा बर्दियाका सामाजिक विभाग प्रमुख युवराज शाहले जहाँ समस्या त्यहाँ विनय रावल र जहाँ विनय रावल त्यहाँ राप्रपा भएको बताउनुभएको छ ।उहाँले नेता रावल कसैको परिवारलाई पीडा हुँदा त्यो हेरेर बस्न नसक्ने भएकोले उहाँले सक्दो सहयोग गर्न सदैव तप्पर हुने उल्लेख गर्नुभयो । त्यस्तै सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै राप्रपा बर्दिया सदस्य ऋषि राज पन्तले आगलागीबाट पीडित, जंगली जनावरबाट पीडित, दुःखी विरामीहरु देखि विभिन्न समस्यामा परेकाहरु आफ्नो टिमले थाहा पाउने वित्तिकै नेता रावललाई खबर गर्ने र रावलले तत्काल समस्या समाधनको पहल गर्ने गरेको बताउनुभयो ।नेता रावलले निश्पक्ष रुपमा जुनसुकै व्यक्तिहरुलाई समस्या पर्दा पहलकदमी चाल्ने गरेको उहाँले बताउनुभयो । नेता रावलले गेरुवामा खेलकुद प्रतियोगिताको लागि सक्रिय युवा समाजलाई १ लाख रुपैँयासम्मको सहयोग देखि गेरुवा ४ गोविन्दपुरका पेट बाहिर आन्द्रा निस्केका बालकको उपचारको लागि २० हजार रुपैँया सहयोग देखि थुप्रै सहयोग गर्नुभएको छ ।

Back to top button