देशले एक मार्ग दर्शकको खोजी गरीरहेको छ – नन्द ऋषि चौलागाँई

गेरुवा । नेपाल र नेपाली माथि अन्याय, अत्याचार, शोसण दमनका शाथ अनिर्णयको बन्दि बनाउंदै लैजाने चाल अनुरुप संचालन गर्न भारत अमेरीकाले सक्रिय भुमिका खेल्दै आयको र सोही भुमिकाको सिद्धान्तलाइ दलहरुका नेताले अनुसरण गर्ने र नेपाली जनमानसको विवेक र भावना संग खेलवाड गर्ने भाषणमा नाटकिय अभिनय देखाई बाहनामा दल र राज्य संचालन गर्न खोज्ने र निजि चाहना, स्वार्थ पुर्ति गर्दै जाने अन्तराष्ट्रीय दलालहरुलाई तल्लोतहका कार्यक्रता, गाउँमा रहेका कमीटीहरुमा भयका दलभित्रका सदस्यहरुले अन्तराष्ट्रीय स्तरमा पुगेका दलालहरुको चरीत्र लाई बुझि दललाई स्वतन्त्र र देश नागरीकलाई स्वतन्त्रता दीलाउने जमर्को गर्न आवश्यक छ । जसो जसो गुरु बाजे उसै उसै स्वाहा, गर्नु नै मुर्खता हो अज्ञानता हो, ज्ञानको प्रयोग र ज्ञान सिक्न बुझ्न जरुरी छ ।

बुझेर बुझ पचाऊने र पालो कुर्ने कार्यक्रताको बिशेषता रहेकै कारणले आज संगठनले सही मार्ग लाई त्याग्न सफल भयकोछ, उचीत मार्ग दर्शन दिन सकीरहेको छैन जसका कारण आज सैद्धान्तिक सदस्य संगठनभित्र अल्पमत र बेसाहारा जस्तै छन पार्टिले कार्यबाही गर्ने र लान्छाना लगाउने सम्म देखिन्छ । साथै यसै भित्र पनि कैंयन प्रकारका बिचार भावनामा बाँच्ने कोसिसमा छन । संगठनभित्र आवद्ध भैसके फश्चात संगठनको भावना र उदेश्य अनुरुपको जीवनशैलि बनाउन जरुरी रहन्छ भन्नेकुरा बुझ्न आवश्यक छ । त्यो नहुनुको कारणले आज संगठनहरु मा दाग लागेको छ । दलहरुप्रती वितृष्णा जाग्न गयको हो ।

दलहरुको ज्यादती र नागरीकको आत्म सम्मान प्रति लात मार्दै घिनलाग्दा कामहरु हुनजान्छन सत्तामा रहेको सरकारबाट र सत्ताको बिपक्षमा बस्नेले सत्तादाउपेचमा आंखालगाउने बाहेक अरु सुन्य गतिबीधीका कारण आतंक मच्चिरहेको छ । सदनमा आतंककारीहरुको समुहले भरीयको संसदबाट जनताले आशा राख्न लायक ठाउँ छैन । जनताको मत र अभिमत माथी प्रश्न गर्ने र सो मत प्राप्त पश्चात सत्तामा रहनेले पनि नागरीकको भावना विपरीत योजनाहरु तर्जुमा गर्ने नितीहरु संसदबाट पारीत गर्न गराउन खोज्ने देशलाई अनिर्णयको बन्दि बनाउँदै सेति महाकाली कणाली देशका बिभीन्न आयमुलक श्रोतसाधनहरु बिदेशी कम्पनिलाई सुम्पिने हुँदाहुँदा देशलाई एक अनुदान रकमबाट संचालित गर्ने र हुने गरी संसदद्वारा बृहत छलफलको नाममा नागरीकको समक्ष नल्याई नागरीकको मन्जुरी र स्वीकृत बिना नै एमसीसी परीयोजनाको कानुनलाई मान्ने र स्वीकार्ने समेत गरी नेपालको कानुनभन्दा माथि एमसीसी को सर्त रहने गरी नेपाली संविधानको अस्तित्व समाप्त हुने गरी संसदबाट बहुमतक साथ पारीत हुनु, पक्कै देशको लागि अहितकर हो की ?

जनतालाई सार्वभौमिक हुन बाट बन्चित गराईयको होकी ? बिपक्षी दलको कुनै राय र बिचार दृष्टिकोण ध्यान आकृष्ट नहुनुले सबैको उदेश्य एउटै हो भन्ने बुझाउँछ । साथै बिपक्षको भुमिका बिहीन र स्तब्धतानै सहमतीहो भन्ने अर्थ पनि लाग्दछकी ? यही परीदृश्य काफी छ कुन कुन दलहरुका नाईकेहरु बैदेशिक गुप्तचर र दास हुन यि नाईकेबाट र लाईनमा उभियका सदस्यहरुबाट आशा राख्ने ठाउँ छैन । नेपालमा दललाई संस्थागत गर्ने ब्यक्तित्वहरु माथि नै प्रश्न चिन्ह खडा गरी दिएका छन । जसको कारण संगठनलाई नै दुसीत र न्याय दीलाउने ठाउं देखींदैन । नेपाली भावनामा सैद्धान्तिक बिचारले पार्टीको विकास भएको होईन रैछ भन्ने लाग्न थाल्नु स्वभाबिक जस्तो बन्न जाने देखिंदैछ ।

यहाँसम्मको महसुस र अनुभुति दिलाउने प्रयत्नरत राजनेताको भुमीकाले आज सामान्य नागरीकले कता र कहादेखी राजनीतिमा प्रबीष्ट हुने दुबिधा र अन्यौलता छायको छ बास्तबीक न्यायलाई त्याग्न मनपनी छैन दलहरुको यथार्थ र धनदौलत आर्जन गर्ने बाटोतिर राजनीतिक अबधारणा बनाउनेकी राजिनीतिलाई ब्यावसायी करण गर्ने की ? न्यायोचित मार्गदर्शकको रुपमा अगीलाने, यथार्थ सत्यसहीत बास्तबीक न्यायकाशाथ त्याग र बलिदान को यक अनौठो उदाहरणीय कार्य ब्याबहारको श्रृजनाकार बन्ने बनाउने, सोचनिय बिषय बनेको अवसर हो यो ।

एमसीसी परीयोजनाको सर्त स्वीकार्य छ भनी पारीत हुंदाहुंदै केही दलभित्र अल्प संख्यक सांसदले बिरोध र आपत्ति जनाउंदा जनाऊंदै सडकबाट नागरीक आवाजहरुले बिरोध र यो एमसीसी को सर्तलाई अस्विकार्दा अस्विकार्दै पनि बल मुर्खत्यांई र भावनामा खेलवाड गर्दै आफ्नै अस्तित्व समेत गुमाउन पुगेका राजनीतिज्ञ सांसदहरुलाई सामाजिक मान्य या असामाजिक ब्यक्ति मानव मान्ने राज्यले नेपालको अदालतले र नागरीकले यसको फैसला जवाफ (माग्नुप्रने, राज्यले दीनु पर्ने) दिनुपर्ने र माग्नु पर्ने बेला यही हो भन्ने मलाई र आम नागरीकलाई लागी रहेको छ ।

अहीलेको जुन संसद भित्र को दृश्य देख्नुहुन्छ राष्ट्रीय सहमतिको नारा संसदले जुन कुराको उत्खनन गरेको छ भाष्यको प्रयोग छ त्यसको पछी यक ऐतिहासीक खेल र घटना लुकेर बसेकोछ जसले जसद्वार यही सुनौलो र दुई तिहाईको बहुमत रहेको र बिस्वास समेत रहेको सरकार मानिनेछ र अन्तराष्ट्रीय जगतका बिषेसगरी अमेरीका भारतका अभिन्न चाहना र अहीले सम्म बनेका नेपाल नेपालिबाट प्राप्त गर्न खोजियका नेपालिलाई दासत्व स्विकार्न बाध्य बनाउने प्रपंचहरुको अवसर पुर्ण हुनेछन यो सरकारले गर्ने नै छ । भारतिय बिस्तारवाद ले लिएको नेपाल सम्बन्धि अवधारणा यहां उल्लेख गर्नैपर्ला जस्तो मलाई लाग्दैन बिभीन्न विश्लेसकले विश्लेषण गरीसक्नु भयकोछ ।

विश्व सितयुद्धमा मत्थर छ यो कुरा नेपाल र नेपालिले बुझ्न आवश्यक छ बिश्व युद्ध चलीरहेको छ, अन्तरघात अन्तरगत, अनेक देशमा आफ्ना दास दलालहरु उत्पादन गर्ने र सोही ब्यक्तीद्वारा राज्यमा आफ्ना स्वार्थ अनुकुलका गतिबीधीहरु सम्पन्न गराउने उदेश्य अनुरुप ठुला देश हरुले अविकसीत राष्ट्र माथि नियन्त्रण राख्ने र बिकासको बाधक बन्धक बनाऊने नागरीक माथि शोषण जारी राख्न लगाउने, बिदेशी आत्माले भरीपुर्ण नेपाली शरीर भयका मानिसबाट अमानबीयताको ब्याबहार द्वारा नेपालिहरु परीचीत छन । त्यो परीचयात्मक कर्तुत उनको पहीचान हो । जसद्वारा नेपाली देशभक्ति नागरीकले चिन्न आवश्यक ठान्दछु ।

एक सरकार जनताको मतद्वारा तयार पारीन्छ, अर्को सरकार बिदेशी शक्ति र सत्ता भोगिद्वारा तयार गराईन्छ यो दृश्य र सदन भित्रको रणनितीले मुलुकलाई सÞंदेश दीईरहेको छ । एक पछी अर्को बन्ने सरकारले देशको निमित्त न बिपक्षमा हुंदा सही भुमिका निर्वाह गर्दछ नत खुट्टा तान्दै अविश्वास जारीराखी आफुले बिश्वासको मत बटुली सत्तामा पुगेपछी जनपक्षीय रहन्छ देशहीत र नागरीको पक्षमा कार्यरत हुन्छ नत अघील्लो सत्तापक्षले गरेको कार्यमाथी सजाय हुन्छ केवल आतंक मच्चाउने र रक्षकको नाममा भक्षक बन्ने बितृष्णा फैलाउने बिकृत मनस्थिति तयार पार्दै बिश्वास गर्न लायक ठाउंहरु समाप्त पार्ने र सक्ति कमजोर बनाउंदै देशलाई संगठनलाई नागरीकलाई क्षिण र क्षिन्नभिन्न बनाउने निती आज यो देशमा संचालन भयका छन ।

यसले आउने समय अंझै संकट पुर्ण रहनेछ भन्नेकुराहरु अवगत गर्दै, यस्ता गतिबीधीहरु लाई बेलैमा समाप्त पार्दै सामन्तवादी दलाल नोकर शाही तन्त्रको अन्त्य गर्न आजको आवश्यकता पनि हो । यसैले यसको ठिक बिपरीत आसय र देशभक्ति भावनामा प्रेरीत ब्याक्तित्वको खोजी र आफु लाई स्वायं राष्ट्र प्रति समर्पित गर्ने हुने ब्याक्तित्व निर्माणमा लाग्नु आवश्यक्ताको बोध भैसकेको र देशले एक मार्ग दर्शकको खोजी गरीरहेको छ, मागी सकेको छ आफैं बाट शुरुवात गर्नलाई अपील पनि गर्न चाहन्छु ।

Back to top button