हस्तनाको निधनप्रति दुःख व्यक्त गर्दै व्यवस्थापन समितिद्वारा मंगलबार शान्तिबजार बन्द गर्न व्यापारीलाई अनुरोध

शान्तिबजार । हस्तना पसलका संंचालक हस्तना खड्काको असमायिक निधन प्रति दुःख प्रकट गर्दै शान्तिबजार बजार व्यवस्थापन समितिले भोली मंगलबार बजार बन्द गर्ने निर्णय गरेको छ । बैशाख १७ गते नेपालगंजमा उपचारका क्रममा खड्काको निधन भएको बताइएको छ ।

शान्तिबजार बजार व्यवस्थापन समितिले एक सुचना जारी गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैर्य धारण गर्ने क्षमता प्रदान गरुन भनि कामना गरेको छ ।

शान्तिबजार बजार व्यवस्थापन समितिका अध्यक्ष जमान सिंह कडायतले खड्का व्यापार व्यवस्थापन समितिमा आवद्धता भएकोले भोली १९ गते मंगलबार आ–आफ्नो व्यवसाय बन्द गर्न अनुरोध गर्नुभएको छ ।

Back to top button