गेरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

पथरैया । गेरुवा गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गेरुवा मल्टिमिडिया एण्ड रिसर्च प्रा.लि.को सहजकिरणमा शनिवार सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । गेरुवा गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा सेवा प्रवाह गरेको बारे सम्बन्धित शाखा प्रमुखहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागिहरुले उठाएका प्रश्नको सम्बन्धित शाखा प्रमुख र गेरुवा गाउँपलिकाका अध्यक्ष जमान सिंह केसीले जवाफ दिनुभएको थियो । कार्यक्रममा सहभागिहरुले जंगली जनावरको आतंक, शिक्षाको गुणस्तर, कृषि, बिउविजन, खानेपानी, निर्माण कार्य लगायतका विषयमा गुनासो राखेका थिए ।कार्यक्रममा गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले स्वागत मनतव्य राख्दै गाउँपालिकाका सबै शाखाबाट हुने सेवा प्रवाह अझै प्रभावकारी बनाउन लागिपरेको बताउनुभयो । उहाँले स्थानीय निकाय र नागरिकहरुका बीचमा दोहोरो सम्वाद स्थापित गर्न र त्यस्तो सम्वादबाट जनतालाई देश विकासको प्रक्रियामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शिताको माध्यमद्वारा स्थानीय निकायको विकास निर्माण कार्य र सेवाप्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाई जिम्मेवारीको संस्कार बसाउन सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको बताउनुभयो ।कार्यक्रममा गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, गेरुवा गाउँपलिका वडा नं. १ का वडा अध्यक्ष कर्म प्रसाद चौधरी, २ का अध्यक्ष कृष्ण थारु, ३ का अध्यक्ष निर्मल चौधरी, ४ का अध्यक्ष महेन्द्र प्रसाद चौधरी, ५ का अध्यक्ष धर्म प्रकाश चौधरी र ६ वडाका अध्यक्ष कृष्ण गोपाल चौधरीको सहभागिता रहेको थियो । त्यस्तै नेपाल रेडक्रस सोसाईटी गेरुवा उपशाखाका सभापति राजु पाण्डे, प्रहरी चौकी पथरैयाका प्रमुख भरत बहादुर सारु लगायत ६ वटै वडाका बडघरको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस गेरुवाका सभापति प्रेम बहादुर रावल, नेकपा एमाले गेरुवाका इन्चार्ज भरत धामी, राष्ट्रिय स्वतन्त्र पार्टी गेरुवाका अध्यक्ष डिल्ली शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गेरुवा उपाध्यक्ष रवी शाही, नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन डिसी लगायतले संघ संस्थाको कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सबै वडाका वडा अध्यक्षहरु जाँदा जनताको सेवा प्रवाहमा अवरोध हुने भएकोले केही भत्ताको आशामा संघ संस्थाका कार्यक्रममा जानु गलत भएको बताएका छन ।कार्यक्रममा उठेका विभिन्न प्रश्नहरुको सम्बोधन गर्दै गेरुवा गाउँपालिकाका अध्यक्ष केसीले पालिका जनताको सेवामा सदैव लागिपरेको बताउनुभयो । उहाँले पालिका जनताको समस्या समाधान गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । फोटो फिचर

  

Back to top button