गेरुवा गाउँपालिकाद्वारा बडघर र महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई साईकल वितरण

पथरैया । गेरुवा गाउँपालिकाले बडघर र महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई साईकल वितरण गरेको छ । गेरुवा गाउँपालिकाका ६ वटै वडाका ६४ जना बडघर र ७२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साईकल वितरण गरिएको हो ।गाउँघरमा विभिन्न क्रियाकलापमा महत्वपूर्ण टेवा पु¥याउदै आइरहेका बडघर र स्वयमसेवीकाहरुलई थप सहज होस भन्दै साइकल वितरण गरिएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले बताउनुभयो । बडघर र स्वयसेवीकाहरुले गरेको कार्यको उच्च मुल्याङ्कन गर्दै सानो भएपनि उहाँहरुलाई सहयोग गर्ने उद्देश्यले पालिकाले साईकल वितरण गरेको हो ।साईकल वितरण बडघर र महिला स्वस्थ्य स्वयमसेवीकाहरुलाई सेवा प्रवाह गर्न झनै सहज हुने विश्वास लगिएको छ । गेरुवा गाउँपालिकाका पमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले साईकल वितरणबाट काममा छिटो छरिटो हुने विश्वास व्यक्त गर्नुभयो ।गेरुवा गाउँपालिका वडा नं. ४ का बडघर सोनापती चौधरीले पालिकाले साईकल वितरण गरेर उदारहणीय कार्य गरेको भन्दै प्रशन्सा गर्नुभयो । उहाँले यो सँगै सहायक बडघर, चौकीदारहरुलाई समेत साईकल वितरण गर्न सकेको खण्डमा अझै प्रभावकारी हुने बताउनुभयो ।

Back to top button