नेपाल बाढी उत्थानशील परियोना अन्तरगत गेरुवामा संचालित योजनाहरुको अनुगमन

गेरुवा । नेपाल बाढी उत्थानशील परियोना अन्तरगत गेरुवा गाउँपालिकामा भए गरेका कामहरुको स्थलगत अनुगमन गरिएको छ । प्राक्टिकल एक्सन नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्रको साझेदारीमा संचालिन योजनाहरुको अनुगमन गरिएको हो ।अनुगमनमा गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, ६ वटै वडाका वडा अध्यक्ष, परियोजनाका सुरेन्द्र ठगुन्ना लगायतको सहभागिता रहेको थियो ।गेरुवा गाउँपालिका भित्र परियोजनाले संचालन गरेका सेन्ट्रल हाउस, कल्र्भट निमार्ण, धारा निर्माण, केरा खेती, तरकारी खेती लगायनतका योजनाहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष केसीले प्राक्टिकल एक्सन नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्रको साझेदारीमा संचालित योजनाहरु अतिनै प्रभावकारी रहेको बताउनुभयो ।अध्यक्ष केसीले पालिकासँग समन्वय गरेर प्राक्टिकल एक्सन नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्रले योजनाहरु अगाडी बढाउदा त्यसको सकरात्मक प्रभाव रहेको बताउनुभयो । फोटो फिचर

Back to top button