विवादित बालुवाटारदेखि डिएमपी जाने सडक कालोपत्रे हुन्छ – उपाध्यक्ष चौधरी

शान्तिबजार । गेरुवा गाउँपालिकाले कार्यालय समयमा सेवाग्राहीलाई सेवा प्रवाहमा अवरोध नहोस भन्दै शनिवारको दिन र अन्य बार बिहानी समयमा अनुगमन गर्ने गरेको छ । शनिवार गेरुवामा संचालनमा रहेका विभिन्न योजनाहरुको अनुगमनमा निस्केको टोलीले आइतबार पुनः कार्यालय समय अघि योजनाहरुको अनुगमन गरेको हो ।गेरुवा गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक लक्ष्मी कुमारी चौधरी, गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, गेरुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष धर्म प्रकाश थारु, कार्यपालिका सदस्य श्याम पति चौधरी, योजना शाखाका प्रमुख कुन नारायण चौधरी, सव इन्जिनियर भुमिराज घिमिरे लगायतको अनुगमनमा सहभागिता रहेको थियो ।अनुगमनका क्रममा गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाले निर्माणाधिन सडक खण्ड धुलाम्मे हुँदा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले तत्काल पानी सिँचाई गर्न निर्माण कम्पनीलाई ध्यानाकर्षण गर्नुभएको छ ।उहाँले विभिन्न योजनाहरुमा अनुगमन गर्दा अनुगमन स्थलबाटै निर्माण व्यवसायीहरुलाई फोन गरेर काममा तिव्रता दिनेलाई धन्यवाद ज्ञापन गर्ने र टालटुल गर्नेलाई तत्काल काम सुचारु गर्न निर्देशन दिने गर्नुभएको छ ।गेरुवा गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक चौधरीले विवादमा रहेका सडकहरुले पनि तिव्रता पाउने बताउनुभएको छ । उहाँले धेरैले प्रश्न खडा गरेको डिएमपी सप्लायर्स देखि बालुवाटार सडक कालोपत्रे हुने कुरामा ठुक्क हुन सबैलाई अनुरोध गर्नुभएको छ ।

Back to top button