गेरुवाका स्वास्थ्य संस्थाहरुले सफ्टवेयरवाट सेवा प्रवाह गर्दै

पथरैया । गेरुवा गाउँपालिकाले छोटो छरिटो सेवा प्रवाह गर्ने, अभिलेख र प्रतिवेदन पारदर्शि बनाउने उद्देश्यले प्रत्येक स्वास्थ्य संस्थाहरु प्रविधिमैत्री बनाउने तयारी गरेको छ ।गेरुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नायारण भण्डारीले बालबालिकाले खोप लगाए/नलगाएको, पोेषणको अवस्था, गर्भवती तथा कुपोषित महिलाको अवस्था, परिवार नियोजनको अवस्था, मधुमेह, उच्च रक्तचाप, मिर्गौला रोग, क्यान्सर लगायतका विषयमा जानकारी राखिने उद्देश्यले सफ्टवेयरवाट सेवा प्रवाह गर्न लागिएको बताउनुभयो ।‘हामीले स्वास्थ्य चौकी तहमा नै सफ्टवेयर निर्माण गरी प्रत्येक जनताको स्वास्थ्य अवस्था जानकारी राख्न लागेका छौँ’, भण्डारीले भन्नुभयोे, ‘बर्दिया जिल्लाकै एउटा नमूना काम भएको र आगामी वर्षमा यस प्रविधिलाई प्रभावकारी गरिने छ ।’गेरुवा गाउँपालिका वडा नं. १ र २ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र वडा नं. ३, ४, ५ र ६ मा रहेका स्वास्थ्य चौकीलाई प्रविधिमैत्री बनाउँदै लैजाने नगरपालिकाको योजनाअनुसार सफ्टवेयर सञ्चालनको तयारी गरिएको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले गेरुवा अपडेटलाई बताउनुभयो ।सफ्टवेयरमा वडाभरका व्यक्तिको रोगको विवरण राखिने भएकाले स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य योजना निर्माणका लागि सहयोग पुग्ने अपेक्षा राखिएको छ । ‘वडामा कस्ता विरामी बढी छन् त्यसैलाई केन्द्रित गरेर सेवा प्रदान गर्न सफ्टवेयरले सहयोग पुग्ने गेरुवा गाउँपालिकाका स्वास्थ्य शाखाका पुष्प बहादुर विष्टले बताउनुभयो ।उहाँले स्वास्थ्य सेवाका बारेमा केही जानकारी लिनुपरेमा सफ्टवेयरका माध्यमबाट तुरुन्त पत्ता लाग्ने भएकोले यो अति प्रभावकारी हुने बताउनुभयो ।

Back to top button