चर्चित मोडेल जिसीको ‘थरुनीकी छोरी’ म्युजिक भिडियो बजारमा (भिडियो सहित)

गिदरपुर । चर्चित गायक उमेश मुस्कान र गायिका सोनु कुस्मीको आवाजमा रहेको ‘थरुनीकी छोरी’ म्युजिक भिडियो बजारमा आएको छ ।

मुकुन्द जिसीको आधिकारीक युटुव च्यानाल मार्फत भिडियो बजारमा आएको हो । भिडियोमा चर्चित मोडेल मुकुन्द जिसी र सुसिला कार्कीले अभिनय गर्नुभएको छ ।मुकुन्द जिसीले अभिनय गरेका प्रायजसो भिडियोहरुलाई दर्शकले औधी रुचाएको पाईन्छ । पछिल्लो समयमा उहाँको म्युजिक भिडियोमा अत्यन्तै माग रहेको छ । उहाँ दिनहुँ जसो सुटिङमा व्यस्त हुने गरेको पाईन्छ ।

कलाकार जिसीले यो म्युजिक भिडियो पनि दर्शकले अत्यन्तै रुचाउने विश्वास व्यक्त गर्नुहुन्छ । बर्दियाली मोडेल मुकुन्द जिसी सानै देखि मोडेल क्षेत्रमा रुची राख्नुहुन्थ्यो ।

उहाँले सानै उमेरमा स्थानीय स्तरमा रहेर फिल्मको लागि विभिन्न सुटिङहरु गरेको अनुभव रहेको छ ।
हेर्नुहोस् भिडियो…

Back to top button