गेरुवामा ५ वटा घरमा आगलागी

पथरैया । गेरुवामा आगलागी हुँदा ५ वटा घरमा क्षति पुगेको छ । ४ वटा घरमा पुर्ण क्षति भएको छ भने एक घरमा आंशिक क्षति भएको छ ।  गेरुवा ५ पथरैया स्थित नट्क बम, पदम बम, बल बम, लक्ष्मी बम र नमन शाहीको घरमा आगलागी भएको हो । दिउँसो करिब साढे १ बजेतिर नविन शाहीको घरबाट सुरु भएको आगोले अन्य ४ घरलाई समेत क्षति पु¥याएको छ । आगलागी कसरी भयो भन्ने बारे अझै खुलको छैन ।गाउँ बडघर लाल बहादुर सिंहका अनुसार विद्युत सट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट घरका सम्पूर्ण सामाग्रीसँगै केही गहुँ काटेर कुटाउने तयारी गरिएको गुहँको कुन्युमा समेत क्षति पुगेको छ । आगलागीबाट के कति क्षति पुग्यो भन्ने एकिन विवरण आउन बाँकी छ ।

घरमा कोही नभएको बेला नमन शाहीको घरमा आगलागी सुरु भएको र शाहीको घरमा रहेको ग्यास आगलागीबाट विस्पोट भएपछि अन्य घरलाई समेत क्षति पु¥याएको नेपाल रेडक्रस सोसाइटी गेरुवा उपशाखाका अध्यक्ष नरेन्द्र प्रसाद पाण्डे (राजु) ले जानकारी दिनुभयो ।

Back to top button