गजल, कस्ले भन्यो मुटु पोल्न जहर हुनुपर्छ

गजल

मन अमिलो पार्न तिम्रो नजर हुनुपर्छ
कस्ले भन्यो मुटु पोल्न जहर हुनुपर्छ

यो माया दुर्गम सोची तर्किएर हिंडि
अझ उस्ले भन्छे मेरो कदर हुनुपर्छ

बाका हातका ठेला तिम्रो सपना नभए
म मान्दिन यस्तो कानुन बदर हुनुपर्छ

यो जोवन कसैले हरण गर्न चाहे
अंग्रेजीमा भन्छन नि लवर हुनुपर्छ

सोचे जति सबैलाई कहाँ पुग्दो होला
चिता चढ्नपनि ठुलै रहर हुनुपर्छ

अर्जुन अधिकारी
किसान मा वि राजापुर ५
बर्दिया

Back to top button