गेरुवा गाउँपालिकाद्वारा निर्माण व्यवसायीसँग छलफल

पथरैया । गेरुवा गाउँपालिकामा योजना संचालित निर्माण कम्पनीहरुले के कति काम गरे भनेर पालिकाले अनुगमन गर्ने गरेको छ । अनुगमनबाट मात्र प्रतिफल नदेखिएपछि गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले प्रत्येक महिना एक पटक निर्माण व्यवसायीहरुसँग समिक्षा बैठक बस्ने निर्णय गरेपछि केही सकरात्मक परिणाम हात पर्न थालेका छन ।सोमबार गेरुवा गाउँपालिकामा उपाध्यक्ष लक्ष्मी चौधरीको सभापतित्वमा बैठक सम्पन्न भएको छ । हरेक महिना निर्माण व्यवसायीहरुले आगामी दिनमा गर्ने कार्य र अहिलेसम्मको प्रगति विवरण पेश गर्नुपर्ने निर्णय गरिएको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाले बताउनुभयो ।यसका साथै पालिकाले नदिजन्य पदार्थ उत्खनन गर्न नपाई अन्यत्र ठाउँबाट सामान ल्याउनुपर्ने निर्माण कम्पनीको गुनासोलाई सम्बोधन गर्दै यसको लागि पहल चाल्ने उल्लेख गर्नुभयो । कार्यक्रममा लेखा अधिकृत सुदिप सिग्देलले पहुँचको आधारमा नभई सम्पूर्ण प्रक्रिया पुगेका फाईलहरु सहज रुपमा अघि बढ्ने बताउनुभयो ।कार्यक्रममा योजना शाखा प्रमुख कुल नारायण चौधरी, रमेश भण्डारी, प्रेमबहादुर जिसी, भूमिराज घिमिरे लगायतको सहभागिता रहेको थियो । हरेक महिना निर्माण व्यवसायीहरुलाई बैठकमा बोलाएर निर्माण व्यवसायीहरुले आफ्नो साइडमा भएका समस्या पोख्न पाउँदा समस्याको समाधान निस्कने विश्वास व्यक्त गरेका छन ।

Back to top button