प्रमुख प्रशासकीय अधिकृत रानाको सक्रियतापछि निर्माण व्यवसायीहरु तातिदै

पथरैया । गेरुवा गाउँपालिकामा विकास निर्माण कार्यमा आवद्ध निर्माण व्यवसायीहरुलाई झकझकाउन थालेपछि केही सकरात्मक परिणाम देखिन थालेका छन । गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाको सक्रियतामा निर्माण व्यवसायीहरुसँग पटक–पटक अन्तरक्रियाको आयोजना भएपछि केही सकरात्मक परिणाम देखिन थालेका हुन ।प्रमुख प्रशासकीय अधिकृत रानाले हरेक महिना निर्माण व्यवसायीहरुले गरेका उपलब्धीहरु पालिकालाई जानकारी गराउनुपर्ने निर्णय गरेपछि निदाएका निर्माण कम्पनी उठ्न थालेका छन । आईतवार गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राना, योजना शाखाका प्रेम जिसी लगायतको टोलिले करिब एक दर्जन साइडमा पुगेर त्यहाँको अवस्थाको बारेमा जानकारी लिएको छ ।सोमबार गेरुवा गाउँपालिकामा हुने निर्माण व्यवसायीहरुसँगको छलफलमा कुन निर्माण कम्पनीले कसरी काम गरेको छ भन्ने तयारीको लागि आज छड्के अनुगमन गरेको हो । निर्माण व्यवसायीहरुले समयमै कार्य सम्पन्न गर्न नसक्दा आफुहरुलाई गेरुवाबासीले बारम्बार प्रश्न खडा गर्ने भएकोले गल्ती निर्माण व्यवसायीले गर्ने तर त्यसको परिणाम पालिकाले भोग्नुपर्ने अवस्था सृजना भएकोले आफुहरु कडा रुपमा प्रस्तुत हुन परेको प्रमुख प्रशासकीय अधिकृत रानाले बताउनुभयो। उहाँले समृद्ध गेरुवा निर्माण अभियानमा सहयोग गर्न सबै गेरुवाबासीलाई अनुरोध गर्नुभएको छ । फोटो फिचर

Back to top button