बाल संरक्षण सम्बन्धी सम्वाद कार्यक्रम गेरुवामा सम्पन्न

शान्तिबजार । बाल विवाह न्यूनिकरण परियोजना अन्तरगत सम्वाद कार्यक्रम गेरुवा ३ शान्तिबजार स्थित होटल नेपसेन्ट्रिकमा सम्पन्न भएको छ । बाल संरक्षणसँग सम्बन्धित सेवा तथा कानुनी संरक्षणको सुदृढिकरणका लागि पालिका स्तरीय सरोकारवाला र सेवाग्राही बीच सम्वाद कार्यक्रम भएको हो ।कार्यक्रमको सहजिकरण गर्नुहुदै प्रकाश उपाध्यायले बाल संरक्षणसँग सम्बन्धित सेवा तथा कानुनी संरक्षणको सुदृढिकरणका लागि पालिका स्तरीय सरोकारवाला र सेवाग्राही बीच सम्वाद गराउनुभएको थियो । उहाँले सम्वाद पश्चात समाजमा व्याप्त समस्याहरुलाई समाधान कसरी गर्न सकिन्छ भन्ने बाटो देखाउँदै बाल संरक्षण महिला हिंसा, बाल विवाह न्युनिरकण लगायत क्षेत्रमा सबैको भूमिका महत्वपूर्ण रहेकोले यसमा लाग्नुपर्ने बताउनुभयो ।कार्यक्रममा गेरुवा गाउँपालिकका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, गेरुवा ३ का वडा अध्यक्ष निर्मल चौधरी, शिक्षा शाखा प्रमुख नवराज अधिकारी, महिला शाखा प्रमुख रमा पुन मगर, स्वास्थ्य शाखाका पुष्प बहादुर विष्ट लगायतले आ–आफ्नो धारणा राख्दै आफ्नो शाखाले गरेका कार्यहरु र काम गर्ने क्रममा भोग्नुपरेको चुनौतिहरुको बारेमा जानकारी गराएका थिए ।

गेरुवा गाउँपालिकाको सहयोगमा वि–ग्रुप, प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सम्वाद कार्यक्रम सम्पन्न भएको हो । यस्ता कार्यक्रमले बाल संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने भएकोले बि–ग्रुपले यस्ता कार्यक्रमहरु संचालन गर्दै आइरहेको बि–ग्रुपका सुपरभाईजर ज्ञान बहादुर चौधरीले गेरुवा अपडेटलाई जानकारी दिनुभयो ।

Back to top button