शान्ति परियारबाट दुबै मृगौला पीडित निलमलाई २६ हजार सहयोग

बनकट्टी। गेरुवा ३ बनकट्टी निवासी दुबै मृगौला पीडित निलम चौधरीको उपचारका लागि अहिलेसम्मकै ठुलो रकम सहयोग प्राप्त भएको छ । गेरुवाबाट हाल नेपालगंज बसोबास गर्ने शान्ति परियारले निलम बचाउ अभियानमा हातेमालो गर्दै २६ हजार रुपैँया सहयोग गर्नुभएको हो ।उहाँले पीडित निलमको घरमै आएर उहाँकी आमाको हातमै रकम सहयोग गर्नुभएको हो । शान्ति परियारका श्रीमान गौतम परियार बैदेशिक रोजगारमा हुनुहुन्छ । उहाँको परिवारबाट ठुलो रकम प्राप्त गरेपछि पीडित निलमको परिवारमा केही आशा पलाएको छ । निलम बचाउँ अभियनमा बिमला स्वाँर, नितु भुषाल, उत्तमराम चौधरी, प्रेमा नेपाली लगायतको टोली सक्रिय रुपमा लागिपरेको छ ।

Back to top button