स्थानिय अधिकार कार्यक्रम विषयक सरोकारवाला परामर्श बैठक तथा परिचयात्मक कार्यक्रम बाँसगढीमा सम्पन्न

हुम कुमार चौधरी, बाँसगढी । बाँसगढीमा स्थानिय अधिकार कार्यक्रम विषयक सरोकारवाला परामर्श बैठक तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । एक्सन एड नेपालको सहयोग, राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया र कमैया महिला जागरण समाज नेपालको साझेदारीमा बाँसगढी नगरपालिकामा सञ्चालित स्थायी अधिकार कार्यक्रमको जानकारी र कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उदेश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक जितराम थारुले स्थानिय अधिकार कार्यक्रमको जनकारी, लक्ष्य उदेश्यको बारेमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रम बाँसगढी नगरपालिकाको वडा न १, ३, ६, ८ र ९ वडामा रहेको विपन्न र लक्षित वर्गको जिविको पार्जन, शिक्षा र प्रणाली सुधारको लागि जनवरी १ देखि संचालना रहेको छ ।यसैगरी कमैया महिला जारण समाज नेपालका कार्यक्रम अधिकृत राम लाल चौधरीले बाँसगढी नगरपालिकामा स्थानिय अधिकार र कृर्षिमा आधारित बधुवा श्रमको अन्त्य परियोजना सञ्चान भईरहेको जानकारी गराउनु भयो । जस अन्तरगत वडा न ४ मा स्थानिय अधिकार कार्यक्रम र वडा न ४ र ९ मा कृर्षिमा आधारित बधुवा श्रमको अन्त्य परियोजना २०२३ डिसेम्वर सम्म संचालनमा रहेको बताउनु भयो ।

कार्यक्रममा ३ लाख ५८ हजार ९६ रुपैया र कृर्षिमा आधारीत बधुवा श्रमको लागि १२ लाख ३३ हजार ८ सय रुपैया गरि जम्मा १५ लाख ९१ हजार ८ सय रुपैया बरावरको कार्यक्रम सञ्चालम रहेको कार्यक्रमका फिल्ड सुपरभाईजर खुशीराम चौधरीले बताउनु भएको छ । कार्यक्रम सहभागिहरुले आ आफ्नो धारण राख्दै कार्यक्रम एकदमै प्रभावकारी रहको बताएका छन।कार्यक्रमलाई अझै सफल बनाउनको लागि सवै पक्षसग समन्वय र सहकार्य गर्दै अगाडी बढ्न सुझाव दिएका थिए । राधाकृष्ण थारु जनसेवा केन्द्रका फोकलप्रसण दिनेश प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम बाँसगढी नगरपालिका नगर प्रमुख खडक बहादुर खड्का, वडा अध्यक्ष, विभिन्न शाखाका प्रमुख, विद्यालयका प्रधानाध्यापक, स्थानियबासी, राधाकृष्ण जनसेवा केन्द्रका कार्यक्रम कार्यक्रम अधिकृत जयराम चौधरी, कमैया महिला जागरण समाज नेपालका नेटवर्क मोविलाईजर प्रेम कुमारी चौधरी लगाएतको सहभागिता रहको थियो ।

Back to top button