बि–ग्रुपको आयोजनामा नागरिक समाजको क्षमता अभिवृद्धि २ दिने तालिम सुरु

शान्तिबजार । बाल विवाह न्यूनिकरण परियोजना अन्तरगत बि–ग्रुपले गेरुवा गाउँपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यसै बीच बाल विवाह न्यूनिकरणमा पैरवी तथा बाल संरक्षणको सवालमा नागरिक समाजको क्षमता अभिवृद्धि २ दिने तालिम शुक्रबार गेरुवा ३ शान्तिबजारमा सुरु भएको छ ।गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा बोेल्दै गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाले बाल विवाह न्यूनिकरण अभियानमा सबैलाई आतेमालो गर्न अनुरोध गर्नुभयो ।उहाँले लक्षित वर्ग वा समुदायलाई प्रत्यक्ष सहभागी गराएर बालविवाह गर्नुको कारण पहिल्याउँदै त्यसको विकल्पसहितका कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको बताउनुभयो । गेरुवा गाउँपालिका यस किसिमका कार्यक्रमहरुलाई सहयोग गर्दै आईरहेको उहाँको भनाइ थियो ।कार्यक्रममा गेरुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज अधिकारी, महिला तथा बालबालिका शाखाका प्रमुख रमा पुन मगर, लेखा प्रमुख सुदिप सिग्देल, वडा सदस्य, वडघर लगायतको सहभागिता रहेको थियो ।२ दिने कार्यक्रमको सहजिकरण गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरीले गर्नुहुने कार्यक्रम रहेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारी र गेरुवा गाउँपालिकाको सहयोगमा बि–ग्रुपले गेरुवामा बाल विवाह न्यूनिकरण परियोजना अन्तरगत विभिन्न तालिमहरु संचालन गर्दै आइरहेको बि–ग्रुपका सुपभाईजर ज्ञान बहादुर चौधरीले गेरुवा अपडेटलाई जानकारी दिनुभयो ।

Back to top button