नेपाल राष्ट्रिय आधारभूत विद्यालयको नव निर्मित ४ कोठे भवनको उद्घाटन

गिदरपुर । नेपाल राष्ट्रिय आधारभूत विद्यालय गेरुवा ४ गिदरपुरको नव निर्मित ४ कोठे भवनको बिहिबार उद्घाटन गरिएको छ । गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्मित ४ कोठे भवनको उद्घाटन गर्नुभएको हो ।कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष केसीले पठन पाठन क्रियाकलाप सहज पार्न पालिकाले विशेष ध्यान दिएको बताउनुभयो । उहाँले पालिका भित्रका सबै विद्यालय हेर्ने आफुहरुको जिम्मा भएकोले सबैलाई मिलाएर सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हंश बहादुर धामीले विद्यालयको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवश कुमार थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरी, वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद चौधरी लगायतले स्वागत मनतव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक मानबहादुर धामीले गर्नुभएको थियो भने स्वागत मनतव्य अमर बोहोराले राख्नुभएको थियो । कार्यक्रममा गेरुवा गाउँपालिका शिक्षा शाखा प्रमुख नवराज अधिकारी, लेखा शाखा प्रमुख सुदिप सिग्देल लगायतको सहभागिता रहेको थियो । फोटो फिचर

Back to top button