गेरुवामा अध्यक्ष कप एवं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

गिदरपुर । गेरुवामा ५ औँ अध्यक्ष कप एवं गेरुवा गाउँपालिका अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । गेरुवा गाउँपालिका वडा नं. ४ स्थित खेल मैदानमा सुरु भएको रनिङ सिल्ड प्रतियोगिताको जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य बहादुर विष्टले उद्घाटन गर्नुभयो ।जिल्ला समन्वय समितिका अध्यक्ष विष्टले विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा राख्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बतानुभयो ।उहाँले खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने विश्वास व्यक्त गर्नुभयो । शिक्षक नारायण पौडेलले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मनतब्य गेरुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज खनालले राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तिर्थ प्रसाद जैशी, गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरी, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, विभिन्न राजैनैतिक दलका प्रमुख एवं प्रतिनिधी, गेरुवा खेलकुद विकास समितिका अध्यक्ष दरबारी थारु, नेपाल रेडक्रस सोसाईटी गेरुवा उपशाखाका अध्यक्ष नरेन्द्र प्रसाद पाण्डे लगायतको सहभागिता रहेको थियो । (फोटो फिचर)

Back to top button