एक प्रिय राठौर माविद्वारा दुबै मृगौला पीडित निलमलाई आर्थिक सहयोग

पाताभार । बर्दियाको एक विद्यालयले आफ्नो विद्यालयमा अध्ययन गरेका एक विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । एक प्रिय राठौर मावि गेरुवा २ पाताभारले दुबै मृगौला पीडित गेरुवा गाउँपालिका वडा नं. ३ बनकट्टीका २० बर्षिय निलम कुमार चौधरीलाई आर्थिक सहयोग गरेको हो ।

विद्यालयले चौधरीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ३० हजार ७ सय २१ रुपैँया पीडित परिवारलाई हस्तान्तरण गरेको छ । शिक्षक विद्यार्थीहरुबाट संकलन गरिएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको विद्यालयका सह–प्रधानाध्यापक टंक राज शर्माले जानकारी दिनुभयो ।

दुबै मृगौला पीडित चौधरी एक प्रिय राठौर माविमा कक्षा १२ सम्म अध्ययन गर्नुभएको थियो । विद्यालय परिवारले अभिभावकत्व निर्वाह गर्दै पीडित परिवारलाई सहयोग गरेको हो । निलम बचाउँ अभियान मार्फत अहिले देश विदेशबाट पीडित परिवारलाई सहयोग जुट्न थालेको छ ।

Back to top button