सफल व्यवसायी धामीलाई बाल प्रिय विद्यालयद्वारा सम्मान

तिनघरुवा । गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारमा व्यवसाय गर्दै आउनुभएका शिक्षा प्रेमी, सफल व्यवसायी पुरन धामीलाई एक विद्यालयले सम्मान गरेको छ । शनिवार बाल प्रिय आधारभूत विद्यालय गेरुवा ४ तिनघरुवाको ३१ औँ बार्षिक उत्सव कार्यक्रममा धामीलाई सम्मान गरिएको हो ।

बाल प्रिय आधारभूत विद्यालय गेरुवा ४ तिनघरुवाको मञ्च स्थापना गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विद्यालय परिवारले सम्मान गरेको विद्यालयका प्रधानाध्यापक भिम धामीले बताउनुभयो । उहाँलाई गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

सफल व्यवसायी धामीले मञ्च निर्माणको क्रममा करिब ६० हजार रुपैँया सहयोग गर्नुभएको थियो । उहाँले समाजमा कुनै परिवारलाई दुःख परेको बेला होस या कुनै सामाजिक कार्यहरुमा आर्थिक अभाव भएको खण्डमा सहयोग गर्दै आउनुभएको छ ।

Back to top button