गेरुवाका मृगौला पीडित निलमलाई देश विदेशबाट सहयोग जुट्दै

बनकट्टी । दुवै मृगौला खराब भईसकेका गेरुवा ३ बनकट्टीका २० बर्षिय निलम कुमार चौधरीलाई देश विदेशबाट सहयोग जुट्न थालेको छ । कमजोर आर्थिक अवस्थाका कारण पढाईलाई रोकेर मृगौला पीडित चौधरीले एक गैर सरकारी विद्यालयमा शिक्षण पेशामा जोडिनुभएको थियो ।

उहाँकी आमा समेत विगत ५/६ बर्षदेखिद मुटुको बिरामीका कारण टिचिङ हस्पीटल काठमाण्डौंमा उपचाररत हुनुहुन्छ । आमाको औषधी गर्न चौधरीको परिवारले आफुसँग भएको सम्पूर्ण रकम खर्च भईसकेको र उपचारका क्रममा ऋणमा रहेको परिवारले जनाएका छन ।

चौधरीको लाईफ जनरल अस्पताल नेपालगंज बाँकेमा स्वास्थ्य परिक्षण गर्दा दुवै मृगौला खराव भएको रिपोर्ट परिवारले पाएको थियो । अहिले चौधरीको विर अस्पताल काठमाण्डांैमा उपचार भइरहेका छ । चौधरीको परिवाले देश विदेशमा रहनुहुने सम्पूर्ण मनकारीहरुमा सहयोगको लागि अपील गरेको छ ।

सहयोगका लागि साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड गेरुवा ३ शान्तिबजार, बर्दियाको शहदेव थारु (Shahdev Tharu) को (पीडितका बुवा) को खाता नं. ०६५००७००३०५५०३०००००१ मा सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

Back to top button