कविता, चिसो मौसम गाउँ, बेशी शहर !

चलिराछ सितैको लहर !
चिसो मौसम गाउँ, बेशी,शहर !!

बाक्लो, न्यानो, कपडा लगाऔं !
रुघा, खोकी, ज्वरोलाई भगाऔं !!

न्यानो गरि शिशुलाई राख्दिनु !
नाक, मुख खुल्ला कपडाले ढाक्दिनु !!

गर्भवती ,सुत्केरी ,बच्चालाई !
पौष्टिक खाना खुवाइ देउ दाजुभाइ !!

वृद्ध, वृद्धा र दीर्घ रोगीलाई !
चिसोबाट बचाइ देउ दाजुभाइ !!

न्यानो कपडा चिसोमा ओढ्दिनु !
धूम्रपान र मध्यपान छोड्दिनु !!

धुवाँ, धुलो बनाइ मुक्त !
न्यानो कोठा सुत्नलाई उपयुुक्त !!

सन्चो हुन्छ कुनै रोग भएमा !
स्वास्थ्य संस्था तुरुन्तै गएमा !!

साहित्यमा कलम चलाइरहनुहुने नारायण भण्डारी गेरुवा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हुनुहुन्छ ।

Back to top button