गजल : साच्चै तिमीले भनेझैं उ, दुष्ट हुन सक्दैन

साच्चै तिमीले भनेझैं उ, दुष्ट हुन सक्दैन
तिम्रो प्रेम के का निम्ति, प्रष्ट हुन सक्दैन

शिक्षक चाहे डाक्टर, जसलाई सोधे हुन्छ
मान्छे आफ्नो पेशामा, सन्तुष्ट हुन सक्दैन

पहिलो अनि अन्तिम मेरो, प्रेम हौँ तिमी
तिम्रो माया मन मुटुबाट, नष्ट हुन सक्दैन

सङ्गालेर राख्नेछु, जतन गरेर राख्ने छु
दुनियाँले रमिता हेर्ने,छरपस्ट हुन सक्दैन

तिमीलाई जब तिम्रैले, छुरा रोपिदिन्छ
त्यो भन्दा ठुलो कुनै, कष्ट हुन सक्दैन

पुष्कर काफ्ले, बर्दिया

Back to top button