बर्दियाली कलाकार आकाश अविरलको नयाँ आधुनिक गीत ‘मेरो पीडा’ बजारमा

गेरुवा । बर्दियाली कलाकार आकाश अविरलको नयाँ आधुनिक गीत ‘मेरो पीडा’ बजारमा आएको छ । आकाश अविरलकै शब्द संगित र आवाजमा रहेको गीतमा दिनेश कठायत, सम्झना सापकोटा र समिर रावतले अभिनय गर्नुभएको छ ।

बिसाल निरौलाको एरेन्जमा बनेको गीत साइराम पिक्चर युटुव च्यानल मार्फत गीत बजारमा आएको हो । अत्यन्तै सुन्दर तवरले तयार पारिएको गीत दिनेश पराजुलीले छायाँङ्कन गर्नुभएको हो ।
हेर्नुहोस भिडियो 

Back to top button