त्रिभुवन सामुदायीक पुस्तकालय ककौराको ९ औँ बार्षिक सधारण सभा सम्पन्न

हुम कुमार चौधरी, बाँसगढी । त्रिभुवन सामुदायीक पुस्तकालय ककौराको ९ औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ । पुस्तकालयको कार्यवाहक अध्यक्ष सारदा कुमारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख ईन्दिरा चौधरी त्रिभुवन सामुदायीक पुस्तकालयले संचलन गरको शिक्षा, सुरक्षित आप्रवासनक, किशोरी शिक्षा तथा विभन्न सचेतना र ज्ञान, सीप लाएतको कार्यक्रमले समुदायीको लागि रचनात्मक काम गरकोमा प्रसन्सा गर्नु भएको थियो ।

पुस्तकालयबाट आगामी दिनमा पनि समुदायीको लागि अझै राम्रो कार्यक्रम कर्दै अघि बढ्न सुझवा दिदै नगरपालिका हातोमालो गर्न तयार रहको बताउनु भयो । पुस्तकालयलाई राम्रो र व्यस्थित बनाउनको लागि संचालक समितिले योजनाका साथ आएको खण्डमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा बाँसगढी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तुल प्रसाद गौतम सामुदायीक पुस्तकालय ककौरा, पछि परेको समुदायी लाई शिक्षा, आयआर्ज, व्यावसायी सचेताना र प्राविधिक क्षेत्रमा ठुलो भुमिका खेलेको बताउनु भयो ।

त्यसैले पुस्तकालयलाई थप सफल र क्रियाशिल बनाउनको लागि हामी सबैजना लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा पुस्तकालयका कार्यवाहक अध्यक्ष सारदा कुमारी आर्चायले आर्थिक वर्ष २०७८/०७९ सलको वार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्दै, पछि परको वर्ग र समुदायीको स्तर माथि उठाउने उद्देश्यले २०५२ सालमा स्थापना भएको बताउनु भयो । अहिले सामुदायीक पुस्तकालयमा १२५ जना आजिवन शेयर सदस्य रहेका छन् ।

२०७१ सालम जिल्ला प्रशासनमा दर्ता भई शैक्षिक, व्यावसायीक, आर्थिक, युवा लक्षित, आईसीटी, अडियो भिडियो लागाएत सचेतना मुलक कार्यक्रम गर्दै आएको छ । त्रिभुवन सामुदायीक पुस्तकालय ककौरा दियो परियोजना अन्तरगत सुरक्षित आप्रवासनका लागि सचेतना मुलक कार्यक्रम, किशोरीहरुका लागि ट्याग कार्यक्रम, शैक्षक तथा प्रविधी र सरोकारवाल निकायसग समवन्धित सचेताना मुलक कार्यक्रम गर्दै अघि बढीरहेको आचार्यले बताउनु भयो ।

पुस्तकालयका कोषाअध्यक्ष यज्ञ बहादुर विष्ट आर्थिक वर्ष २०७८/०७९ को २२ लाख ५२ हजार ९ सय ३० रुपैया बरावरको आर्थिक आयव्याय प्रस्तुत गर्नु भएको थियो । भने आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३१ लाख १४ हजार १ सय ४ रुपैया ५४ पैसा बरावरको अनुमानित आयव्याय प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख ईन्दिरा चौधरी, वडा नं. ८ का वडा अध्यक्ष तुल प्रसाद गौतम, वडा सदस्य गीता विक, राजराम थारु, पुस्ताकालयका सल्लाहार, आजिवन सदस्य, बरघर, समाजसेवी, बुद्धिजिवी, शिक्षक, पुस्तकालयका कर्मचारी, विद्यार्थी लागएतको उपस्थिती रहेको थियो । साधरण सभाको स्वागत पुस्तकालयका सचिव गोविन्द पंगेनी गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सहसचिव जित बहादुर रोकाय गर्नु भएको थियो ।

Back to top button