नवज्योति बजारमा माघी मेला आजदेखि सुरु

गिदरपुर । गेरुवामा सिद्धेश्वर महादेव मन्दिर माघी मेला २०७९ को आज उद्घाटन हुने भएको छ । माघ १ गतेसम्म चल्ने मेलाको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

गेरुवा गाउँपालिका वडा नं. ४ मा रहेको नवज्योति बजार (खोल्टीबजार) स्थित सिद्धेश्वर महादेव मन्दिरको प्राङ्गनमा मेला संचालन हुने छ । नवज्योति बजार व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर माझीले पौष २९ गतेदेखि माघ १ गतेसम्म ३ दिन सिद्धेश्वर महादेव मन्दिर माघी मेला संचालन हुने बताउनुभयो ।आज मेलाको पहिलो दिनमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु मनिष खड्का, प्रविन वेडवाल लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । मेलामा थारु सँस्कृति झल्कने स्टल समेत रहेको छ । मेलामा कार्यक्रम संचालनको मूख्य जिम्मेवारी शिक्षक दिपेन्द्रराज काफ्लेलाई दिइएको छ ।

Back to top button