राजापुर महोत्सव आजदेखि, राजापुर नगरपालिकाका मेयर थारुद्वारा मेलाको उद्घाटन हुने

राजापुर । बर्दियाको राजापुरमा संचालन हुने बर्दिया राजापुर महोत्सवको उद्घाटन राजापुर नगरपालिकाका मेयर दिपेश थारु राजेशले गर्नुहुने भएको छ । दिउँसो १ बजे उद्घाटन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, व्यापार संस्कृति र पूर्वाधार भन्ने नाराका साथ संचालन हुन थालेको राजापुर महोत्सव ११ दिन चल्नेछ ।

यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरुको प्रदर्शन खाद्य वाली, नगदे वाली, दलहन तथा तेलहन मसला वाली मेलाको प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । व्यापारिक स्टल, थारु होमस्टे, थारु गाउँ र डान्स आइडल तथा हरेक दिन स्थानीय तथा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने उद्योग वाणिज्य संघ राजापुरका महासचिव लोकराज ढुङ्गानाले गेरुवा अपडेटलाई बताउनु भयो ।

राजापुर स्थित अमर शहिद बहुमुखी क्याम्पसको प्राङ्गनमा हुने लागेको बर्दिया राजापुर महोत्सवमा १ सय २० वटा व्यापारिक स्टल, बालउद्धान, मौतका कुवाँ, नाउ, चर्खे पिङ, भुत व्यागर सहितका विभिन्न वाल उद्यान सहित संस्कृति झल्किने झाँकी प्रर्दशनि महोत्सवको मुख्य आकर्षक रहेको छ । आन्तरिक तथा बाह्य गरि ३ लाख भन्दा बढी दर्शकलाई महोत्सवको अवलोकन गराउने बर्दिया उद्योग वाणिज्य संघले लक्ष्य लिएको छ ।

Back to top button