नवज्योति बजार (खोल्टीबजार) मा माघी मेलाको तयारी तिव्र

गिदरपुर । गेरुवा गाउँपालिका वडा नं. ४ नवज्योति बजार (खोल्टीबजार) मा माघी मेलाको तयारी तिव्र पारिएको छ । नवज्योति बजार व्यवस्थापन समितिको आयोजनामा संचालन गर्न थालिएको मेलामा स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजनकले जनाएको छ ।

स्थानीय कलाकारहरु तयारी अवस्थामा रहेको र राष्ट्रिय कलाकारहरुसँग कुराकानी भइरहको र कुन कलाकार बोलाउने भन्ने निश्चित अझै हुन नसकेको बजार व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर माझीले गेरुवा अपडेटलाई जानकारी दिनुभयो । पौष २९ गतेदेखि माघ १ गतेसम्म चल्ने मेलाका स्टल बुकिङ खुला गरिएको छ ।

माघी मेला रद्ध गर्ने बजार व्यवस्थापन समितिको निर्णयलाई स्थानीयले पहिल्यै देखि संचालनमा आईरहको मेलालाई नरोक्न आग्रह गरेपछि पुनः मेला संचालन गर्न तयारी थालिएको आयोजनकले जनाएको छ । प्रहरी प्रशासनले रातीको समयमा संचालन हुने मेलामा आफुहरुले सुरक्षा दिन नसक्ने बताएपछि आयोजकले मेला रोक्ने निर्णय गरेको थियो । प्रहरीले सुरक्षा दिन नसक्ने बताएपछि आयोजकले दिउँसो मात्र मेला संचालन गर्ने बताएको छ ।

Back to top button