गेरुवामा निशुल्क लघु घर र पशु बिमा कार्यक्रम सुरु

पुष्कर काफ्ले, भठेरा । बर्दियाको गेरुवा गाउँपालिकामा मानव वन्यजन्तु न्यूनिकरण तथा व्यवस्थापनमा केही राहत होस भन्दै लघु घर, पशु बिमा सुरु गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवामा गाउँपालिकामा अब किसानले निःशुल्क बिमा गर्न पाउने भएका छन । लघु घर र पशु बिमा गर्दा तिर्नुपर्ने रकम गेरुवा गाउँपालिका र तराई भू परिधि कार्यक्रम (ताल) ले ५०/५० प्रतिशत रकम व्यहोर्ने भएपछि किसालाई राहत हुने भएको छ ।

गेरुवा १ का स्थानीय हुम बहादुर केसीले लघु घर र पशु बिमा अब निःशुल्क भएपछि आफुहरुलाई ठुलो राहत भएको बताउनुभयो । गेरुवा गाउँपालिका जंगली जनावरबाट अति प्रभावित वडाका करिब १५ सय घरधुरीमा पाइलट प्रोजेक्टको रुपमा लघु घर, पशु बिमा कार्यक्रम थालनी गरिएको हो ।

गेरुवा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कर्म प्रसाद चौधरी, पाताभार उपभोक्ता समितिका अध्यक्ष तिलक राज थारुले मानव वन्यजन्तु सह–अस्तित्व कायम गर्नका लागि पटक पटक चरणबद्ध रुपमा भएका कार्यक्रमले सार्थकता पाउँदै अहिले बिमा कार्यक्रम लागु भएको बताएका छन । बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर कलाधर गौतमले पछिल्लो ११ दिनमा गेरुवा १ वडामा १३ वटा घरमा जंगली जनावरले क्षति गरेकोले जंगली जनावरले बढी क्षति पु¥याउने ठाउँबाट यो कार्यक्रम थालनी गरिएको बताउनुभयो ।उहाँले यो सुवर्ण अवसरलाई किसानले सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । शिखर इन्सुरेन्स कम्पनी लिमिटेड गुलरियाका शाखा प्रमुख ढुण्डीराज रिजालले शिखर इन्सुरेन्सले घर घरमा सेवा प्रवाह गरिरहेकोले यस प्रति किसानको आकर्षण बढ्दै गइरहेको बताउनुभयो ।

उहाँले गाई, भैसी, बंगुरको बिमा गर्दा एक घरको एक जनालाई व्यक्तिगत दुर्घटना बिमा वापत तिर्नुपर्ने प्रिमियम एक सय र बीस रुपैँया टिकटको गरेर एक सय बीस र बाख्राको बिमा गर्दा एक घरको एक जनालाई व्यक्तिगत दुर्घटना बिमा वापत पाँच सर र टिकटको बीस रुपैँया गरेर पाँच सय बीस रुपैँया मात्र किसानले व्यहोर्नुपर्ने जानकारी दिनुभयो ।गेरुवा गाउँपालिका, बर्दिया राष्ट्रिय निकुञ्ज, तराई भू–परिधि कार्यक्रम र शिखर इन्सुरेन्सको सहकार्यमा पाताभार मध्यवर्ति उपाभोक्ता समिति, गेरुवा मध्यवर्ति उपभोक्ता समिति र असारेगौडी मध्यवर्ति उपभोक्ता समितिको आयोजनमा बिमा कार्यक्रम सुरु गरिएको हो । गेरुवा गाउँपालिकामा वन्यजन्तु रोकथामका लागि केही प्रयास नभएका भने होइनन । तर जंगली जनावरलाई रोक्नका लागि बनाइएका संरचनाहरुको मर्मत नहुनु र बन्न थालेका संरचनाहरु समयमै सम्पन्न हुन नसक्दा समस्या भने हल हुन सकेको छैन ।जंगली जनावरबाट अति जोखिम क्षेत्रमा बिमा कार्यक्रम लागु भएको छ भने पालिकाले जंगली जनावर रोकथामका लागि केही प्रयास भने गरको छ । पाईलज प्रोजेक्टको रुपमा गेरुवा गाउँपालिकामा सुरु गरिएको लघु घर, पशु बिमा कार्यक्रम बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरुमा पनि बिस्तार गर्न आवश्यक छ । दुःख गरेर किसानले हुर्काएका घर पालुवा जनावरमा जंगली जनावरले आक्रमण गर्दा सन्तोषजनक राहत पाउन सके किसान लाभान्वित हुने देखिन्छ । यस्ता कार्यक्रम तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

Back to top button