बर्षा साना किसानको आठौं बार्षिक साधारण सभा सम्पन्न

पथरैया । बर्षा साना किसान कृषि सहकारी संस्था लिमिटेड गेरुवा ५ पशुपतिनगरको आठौं बार्षिक साधारण सभा मंगलबार पथरैयामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गण्डकी देवी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी प्रमुख अतिथि रहनुभएको थियो ।कार्यक्रममा विशिष्ट अतिथिमा गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, विशेष अतिथिमा साना किसान जिल्ला उपाध्यक्ष प्रतिभा चौधरी, जिल्ला सचिव डम्बर के.सी., वडा नं. ५ का वडा सदस्य दयाराम चौधरी, रमेश रावत, श्याम कुमारी चौधरी लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष केसीले बर्षा साना किसान कृषि सहकारी संस्था लिमिटेडले छोटो समयमा राम्रो उपलब्धी गरेकोमा प्रसंन्सा गर्दै संस्थाको प्रगतिको कामना गर्नु भएको थियो । उहाँले यस संस्थाको भवन निर्माणको लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।संस्थाका अध्यक्ष पाण्डेले सबैको सहयोगले सफलता हात पर्दै गएको गएको उल्लेख गर्दै संस्थाको आन्तरिक पुँजी बृद्धि गरि लगानीमा जोड दिने बताउनुभयो । साथै प्रत्येक घरधुरीमा सेवा पु¥याउने, भाका नाघेको ऋण न्यूनिकरण गर्न विशेष कार्यक्रम संचालन गर्ने, यस क्षेत्रमा उत्पादित बस्तु तथा सेवाको बजार व्यवस्थापन गर्ने वातावरण सृजना गर्ने लगायत मुख्य उद्देश्य रहेको बताउनुभयो ।संस्थाका उपाध्यक्ष श्यामपति चौधरीले स्वागत मनतव्य राख्नुभएको कार्यक्रमको संचालन संस्थाका प्रवन्धक लक्ष्मी आचार्यले गर्नुभएको थियो ।

फोटो फिचर

 

Back to top button