नेपाली कांग्रेसका युवा नेता रेग्मीद्वारा स्थापना गरिएको छात्रवृत्ति कोष यो वर्ष जेविनलाई

गोला । जनता माध्यमिक विद्यालय गेरुवा ४ गोलाको बार्षिक उत्सवको अवसरमा विद्यालय प्रथम जेविन भण्डाराले खगेन्द्र रेग्मी छात्रवृत्ति प्राप्त गरेका छन । नेपाली कांग्रेस बर्दियाका युवा नेता कमल प्रसाद रेग्मीले आफ्नो विवाह खर्च कटौती गरेर स्थापना गरेको छात्रवृत्ति कोषबाट भण्डाराले छात्रवृत्ति प्राप्त गरेका हुन ।

२०६६ सालमा युवा नेता रेग्मीले विवाह खर्च कटौती गरेर आफ्नो ठुलोबुवा नेपाली कांग्रेस बर्दियाका संस्थापक नेता खगेन्द्र रेग्मीको सम्झनामा खगेन्द्र रेग्मी छात्रवृत्ति कोष स्थापना गर्नुभएको थियो । जसबाट हरेक बर्ष जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यालय प्रथम हुने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने गरिएको छ ।

युवा नेता रेग्मीले आफुले कक्षा १० सम्म जनता माध्यमिक विद्यालयमा अध्ययन गरेकोले जनता माध्यमिक विद्यालयलाई छनोट गरिएको बताउनुभयो । युवा नेता रेग्मीले थुप्रै सामाजिक कार्य गर्दै आउनुभएको छ । उहाँले यस अघि आफ्नो जन्मोत्सवमा जेष्ठ नागरिकलाई न्यानो लुगा, विभिन्न रोगसँग लडिरहेका व्यक्तिलाई उपचारमा सहयोग गर्नुभएको छ ।

यति मात्र नभएर अभिभावक गुमाएको गेरुवा ४ जोधिपुरको एक परिवारलाई आफ्नो जन्मोत्सवको अवसर पारेर हरेक बर्ष २० हजार रुपैँया सहयोग गर्दै आउनुभएको छ ।

गेरुवा ४ जोधिपुरकी रेमन्ती रोकायका ४ छोरीको माध्यमिक शिक्षा पुरा गराउन १२ बर्षसम्म हरेक बर्ष २० हजार रुपैँया सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार सहयोग गर्दै आउनुभएको छ । युवा नेता रेग्मीको उदाहरणीय कार्यको सबैले प्रसन्सा गर्दै आइरहेका छन ।

Back to top button