कमैया महिला जागरण समाजद्धारा बढैयाताल गाउपालिकामा सञ्चालित कार्यक्रमको अनुगमन

हुम कुमार चौधरी, बाँसगढी । कमैया महिला जागरण समाजद्धारा बढैयाताल गाउपालिकामा सञ्चालित कार्यक्रमको अनुगमन गरिएको छ । कमैया महिला जागरण समाज नेपालको सहयोगमा स्थायि विकास कार्यक्रम अन्तरगत कृषिमा आधारीत बधुवा श्रमको अन्यको लागि गरिएको कृषि, पशुपालन, शिक्षाक्षेत्रम सञ्चालित कार्यक्रमको आज अनुगमण गरिएको हो ।

बढैयाताल गाउपालिका वडा न ६ मा व्यावसायीक तरकारी खेती गरिरहेका सान्ता कुमारी चौधरी लाई सहयोग पुर्याउने उदेश्यले तरकारीको विउविजन, टनेल र तालिमको सहयोग गरको छ । सहयो पाएपछि चौधरीको परिवार १८ कठ्ठा जग्गा लिजमा लिएर व्यावसयीक खेती गरेर बार्षि ३ लाख बढी आम्दानी गर्न सफल भएको बताउनु भयो ।

यसै गरि गुणस्तरीय शिक्षा बनाउने उदेश्यले बढैयाताल गाउपालिका वडा न ५ मा रहेको सरस्वती मा वि मा १ थान कम्प्युटर सेट र प्रोजेक्टर, शुद्ध पिउने पानीको लागि फील्टर, छात्राहरुको महिना वारीको समयमा काक्षा छोड्ने दर घटाउनको लागि अराम कक्षा स्थापन, स्यानेटरी प्याड व्यावस्थाापनमा र सहयोग पुर्याएको छ ।

जसले गर्दा विद्यार्थीहरुको पढाईमा सहयोग पुगेको छ । वडा न ७ प्रगतिनगरमा आर्थिक स्तर न्युन भएका परिवारको बालबालिका स्याहरको लागि सामुदायी शिशुस्याहर केन्द्र स्थापान गरिएको छ । शिशु केन्द्र स्याहर निर्माणका भए पछि आर्थिक अवस्था कमजोर भएको अभिभाक बच्चा शिशु स्याहार केन्द्रमा पठाएर ढुक्क भएर काम गर्न पाएका छन् ।वच्चाहलाई खाजा नास्ता र खेलौना उपल्ब्ध गराई पढाउने व्यावस्था गरको छ । त्यसैगरी आर्थिक स्तर कमजोर भएका मुक्तकमैया, पिन्न परिवारलाई भैसी पालन र बाख्रा पालमा सहयोग गर्दै आएको छ । बढैयाताल ७ प्रगतिनगरकी बजनी थारु लगाएत १० जनालाई भैसी पालको लागि २५। १५ हजारको दरले सहयोग गरको छ ।

भने सोही ठाउका २ जनालाई बाख्रापालको लागि २०।२० हजारको दरले रकम सहयोग गरको छ । कमैया महिला जागरण समाजले गरको सहयोक कार्यक्रमको अनुगमणको क्रममा शिक्षा क्षेत्र सुधार आएको पाईएको छ । कृषि पशुपाल क्षेत्रको सहयोगले विपन्न बर्गको आर्थिक स्तर माथि उठेको पाईएको छ ।

एक्सन एड नेपालको आर्थिक सहयोग र कमैया महिला जागराण समाजाद्धारा सञ्चाति कार्यक्रमा अनुगमण कमैया महिला जागरण समाज नेपालका अध्यक्ष विस्नी थारु, बढैयाताल गाउपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकरी, प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडी, शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकाल, वडा न ५का पुर्व अध्यक्ष रामंिसंह थारु, ६ वडा अध्यक्ष शुक्रराज सापकोटा, ७ का वडा अध्यक्ष राधेश्यम थारु, पशुसेवा शाखाका नायव पशु प्राविधिक कविता कुमारी भट्ट, कृषि विकास शाखाका नायव प्राविधिक साहायक दिलिप कुमार थारु, कमैया महिला जागरण समाजका नेटओर्किगं मोविलाईजर प्रेम कुमारी थारु, समाजिक परिचालक उषा कुमारी चौधरी सञ्चारकर्मि लगाएतको सहभागिता रहको थियो ।

Back to top button