नवज्योति बजार (खोल्टीबजार) ले माघी मेला संचालन गर्ने

गिदरपुर । गेरुवा गाउँपालिका वडा नं. ४ मा रहेको नवज्योति बजार (खोल्टीबजार) ले माघी मेला संचालन गर्ने भएको छ । नवज्योति बजार व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर माझीको अध्यक्षतामा बसेको बैठकले माघी मेला संचालन गर्ने निर्णय गरेको हो । पौष २९ गतेदेखि माघ २ गतेसम्म सिद्धेश्वर महादेव मन्दिर माघी मेला संचालन हुने आयोजनकले जनाएको छ ।

माघी मेला भव्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि माघी मेला आयोजक समिति, आर्थिक समिति, गेट तथा मञ्च निर्माण व्यवस्थापन समिति गठन गरिएको छ । माघी मेला आयोजक समितिमा कुल बहादुर माझीको संयोजकमा रहनुभएको छ भने राधुराम चौधरी, कुलराज चौधरी, पातुली चौधरी, रमा चौधरी, लायकराम वैद्य, चुलाराम चौधरी सदस्यमा रहनुभएको छ ।

आर्थिक समितिमा भने साधुराम चौधरी संयोजगत्वमा बेझुलाल थारु र हरिराम थारुलाई सदस्यमा राखिएको छ । यस्तै गेट तथा मञ्च निर्माण व्यवस्थापनमा समितिमा रामकर्ण थारुको संयोजगत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ । मेलाको तयारी गरिरहेको नवज्योति बजार (खोल्टीबजार) ले ख्यातिप्राप्त कलाकारहरुको खोजी गरिरहेको अध्यक्ष माझीले गेरुवा अपडेटलाई जानकारी दिनुभयो ।

उहाँले चर्चित कलाकारहरुसँग कुराकानी भइरहेको र अन्तिम टुङ्गो भने लाग्न नसकेको बताउनुभयो । मेलाको तयारी गरिरहेको नवज्योति बजारले गत बर्ष कोरोनाका कारण मेला स्थगित गर्नुपरको थियो । त्यो समयमा नवज्योति बजार व्यवस्थापन समितिका अध्यक्षको अगुवाईमा समितिले मेला स्थगित भएपछि केही रकम अपाङ्गता भएका एक व्यक्तिलाई सहयोग गरी उदाहरणीय कार्य गरेको थियो ।

Back to top button