बिहानी बजार व्यवस्थापन समितिको अध्यक्षमा दिपचन्द्र सञ्याल

बिहानीबजार । गेरुवा गाउँपालिका वडा नं. १ मा रहेको बिहानी बजार व्यवस्थापन समितिको अध्यक्षमा दिपचन्द्र सञ्याल सर्वसम्मति चयन हुनुभएको छ । आज बसेको बैठकले सञ्याललाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो ।

सामाजिक कार्यमा सक्रिय सञ्याल बजार स्थापना कालदेखि बिहानीबजारमा हार्डवयरको पसल संचालन गर्दै आउनुभएको छ । उहाँले आफु अध्यक्षमा सर्वसम्मत चयन गर्न सहयोग गर्ने सम्पूर्ण व्यापारीहरुलाई धन्यवाद ज्ञापन गर्दै व्यापारीहरुको आशा निरासामा कहिल्यै परिणत हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

अध्यक्ष सञ्यालले आफ्नो पहिलो कदम व्यवस्थापन समितिलाई आधिकारीकता दिन दर्ता प्रक्रियामा लैजाने बताउनुभएको छ । गेरुवा अपडेटसँगको कुराकानीमा अध्यक्ष सञ्यालले नयाँ व्यापारीलाई यस क्षेत्रमा लगानी गर्ने वातावरण सृजना गर्न लागिपर्ने उल्लेख गर्नुभयो ।

‘बजारमा विद्युतका तारहरु अव्यवस्थित भएकोले यसलाई विद्युतसँगको सहकार्यमा व्यवस्थित गर्नु छ ।’ अध्यक्ष सञ्यालले भन्नुभयो, ‘बजार र नाला व्यवस्थित गरी समितिमा कोष बढाउन तर्फ मेरो ध्यान जानेछ ।’ अध्यक्ष सञ्यालले गेरुवा १ ओखरीया इन्टेक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।

Back to top button