पूर्व मन्त्री डा. दहितद्वारा खुमलाल दहित शिक्षा अक्षयकोष स्थापना

राजापुर । स्वर्गीय खुमलाल दहितको सम्झनामा उहाँका छोराहरूले ५ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन ।

उक्त अक्षयकोषबाट हरेक बर्ष करिब ५/६ जना जेहेन्दार, विपन्न, असहाय बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गर्ने उदेश्य सहित अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको स्वर्गीय खुमलाल दहितका छोरा पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितले बताउनुभयो ।

पूर्व मन्त्री दहित सहित शेरसिंह दहित, गजेन्द्र दहित लगायत दहित परिवारले खुमलाल दहित शिक्षा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन ।

यो अक्षयकोष स्थापनासँगै पढाइलाई निरन्तरता दिन समस्यामा रहेका जेहेन्दार, विपन्न, असहाय बालबालिकाहरूलाई ठुलो राहत हुने देखिन्छ ।

Back to top button