लम्की वितरण संघको चौथो बार्षिक साधारण सभा बर्दियामा सम्पन्न

ठाकुरद्वारा । वितरण गर्ने व्यापारीको हितमा काम गर्ने लम्की वितरण संघले आफ्नो चौथो बार्षिक साधारण सभा बर्दियाको पर्यटकीय नगरी ठाकुरबाबामा शुक्रबार सम्पन्न गरेको छ ।
कार्यक्रममा लम्की, कैलाली क्षेत्रमा रहेर वितरण व्यापार गर्ने ६५ जना सदस्य रहेको वितरण संघमा आवद्ध व्यापारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि नेपाल वितरण संगठनका केन्द्रिय अध्यक्ष हरिराज पन्तले कार्यक्रमका बक्ताहरुले राखेका जिज्ञासा मेटाउदै एक आपसमा अनावश्यक प्रतिस्पर्धाले गर्दा हामी स्वयमलाई त्यसको घाटा भईरहेको उल्लेख गर्नुभयो । उहाँले हामी आफ्नै कारणले यस्तो अवस्था सृजना भइरहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल वितरण संघका संस्थापक अध्यक्ष गोबिन्द राज कर्मचार्यले वितरक भएका कारण उद्योगहरुले आफ्नो लक्ष्य हासिल गर्न सकेको बताउनुभएको छ ।
उहाँले वितरण भनेको उद्योग पछिको दास्रो तहको व्यापारीक क्षेत्र भएको बताउँदै विभिन्न समस्याहरु समाधान गर्न वितरण संघको आवश्यक रहेको बताउनुभयो ।
लम्की वितरण संघका अध्यक्ष युवराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाल वितरण संगठनका केन्द्रिय सदस्य मदनराज न्यौपाने लगायत कैलाली वितरण संघ, कोहलपुर वितरण संघ, नेपालगंज वितरण संघका प्रमुख तथा प्रतिनिधीहरुको सहभगिता रहेको थियो ।
लम्की वितरण संघका सदस्य धनिराम खनालले संचालन गनुभएको कार्यक्रममा स्वागत मनतव्य तिलक खनालले राख्नुभएको थियो ।

Back to top button