बि-ग्रुपद्वारा बाल विवाह अन्त्य सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न 

पथरैया । बाल विवाह अन्त्य सम्बन्धि कानुनी प्रावधान तथा कर्तव्यहरूको बारेमा बाल अधिकार समितिको क्षमता अभिवृद्धि विषय कार्यशाला गोष्ठी शुक्रबार गेरूवामा सम्पन्न भएको छ ।
गेरूवा गाउँपालिकाको सहयोगमा प्लान ईन्टरनेशनल नेपाल र बि-ग्रुप बाँकेको साझेदारीमा भएको कार्यक्रमको उद्घाटन गेरूवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले गर्नुभएको थियोे ।
कार्यशाला गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष केसीले बाल विवाह अन्त्य गर्न सबैको आ-आफ्नो भूमिका हुने उल्लेख गर्दै सबैको सहयोगमा बाल विवाह अन्त्य गर्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता एवं गेरूवा गाउँपालिकाका कानुनी सल्लाहकार महादेव रत्गैयाले बाल विवाह सम्बन्धि ऐन नियमका बारेमा जानकारी गराउँदै गोष्ठीको सहजीकरण गर्नुभएको थियोे ।
बि–ग्रुपका सुपरभाइजर ज्ञान बहादुर चौधरीले संचालन गर्नुभएको कार्यक्रममा गेरूवा गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, बुद्धिजीवी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

Back to top button