गेरुवा १ को वडा कार्यालयमा तालाबन्दी । वडा अध्यक्ष भन्छन् राजनीतिक मुद्धा बनाइयो

बगहीपुर । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ मा तालाबन्दी भएको छ । बाढी पीडितहरुले राहत वितरणमा बास्तविक बाढी पीडित भन्दा गैर बाढी पीडितलाई राहत वितरण गरिएको भन्दै तालाबन्दी गरिएको तालाबन्दीमा सहभागिहरुहरुले बताएका छन ।

वडाले बास्तविक बाढी पीडितलाई छुटाएर आ–आफ्ना मान्छेहरुलाई राहत वितरण गरेको भन्दै तालाबन्दी गरिएको बताईएको छ । मंगलबार दिउँसो ३ बजेतिर बाढी पीडितले तालाबन्दी गरेका थिए । तालाबन्दीको बारेमा हामीले गेरुवा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कर्म प्रसाद चौधरीलाई बुझ्न खोज्दा उहाँले राजनीतिक मुद्धा बनाएर तालाबन्दी गरिएको बताउनुभयो ।

‘हामीलाई तालाबन्दीमा सहभागि केही महिलाहरुले फलानोले पठाएर तालाबन्दी गर्न आएको भनेका छन ।’ अध्यक्ष चौधरीले भन्नुभयो, ‘तालाबन्दी हुनु राजनीतिक मुद्धानै हो । नत्र भने अहिले आएर किन तालाबन्दी भयो ?’ वडा अध्यक्ष चौधरीले भोली बुधबार वडाका बडघर, बुद्धिजिवी लगायतसँग बसेर समस्या समाधान गर्न छलफल गरिने बताउनुभएको छ ।

Back to top button