बि–ग्रुप को दुई दिने नागरिक समाजको वार्षिक क्षमता मुल्याङ्कन कार्यशाला गोष्ठी गेरुवामा सुरु

शान्तिबजार । भेरी वातावरणीय विशिष्ट समुह (बि–ग्रुप) को २ दिने नागरिक समाजको वार्षिक क्षमता मुल्याङ्कन कार्यशाला गोष्ठी सुरु भएको छ ।गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारमा सुरु भएको गोष्ठीमा विभिन्न समुहमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको छ । कार्यक्रममा महिला सञ्जाल, युवा सञ्जाल, बाल क्लबका बालबालिका, बडघर, मेलमिलापकर्ता, रेडक्रसकर्मी, वन समिति, महिला स्वास्थ्य स्वयम सेविका, पत्रकार लगायतको सहभागिता रहेको छ ।गेरुवा गाउँपालिकाको सहकार्य र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा कार्यक्रम सुरु भएको हो । बाल विवाह न्यूनिकरण परियोजना अन्तरगत सुरु भएको गोष्ठीको प्रमुख उद्देश्य भनेको नागरिक समाजमा आबद्ध व्यक्तिहरुको क्षमता अभिबृद्धि गर्नु रहेको बि–ग्रुपका सुपरभाइजर ज्ञान बहादुर चौधरीले गेरुवा अपडेटलाई बताउनुभयो ।

कार्यक्रममा गेरुवा गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरी, गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरी समेतको सहभागिता रहको छ । गोष्ठीको गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरीले सहजिकरण गर्नुभएको छ । बि–ग्रुपले कोभिडको बेला जनचेतना फैलाउने कार्यदेखि स्वास्थ्य सामाग्री वितरण समेत गरेको थियो ।

Back to top button