राष्ट्रिय युवा संघको आयोजनामा निर्वाचन लक्षित युवा विद्यार्थी भेला कार्यक्रम गेरुवामा सम्पन्न

शान्तिबजार । नेकपा एमाले निर्वाचन आयोग केन्द्रिय सदस्य एवं पूर्व राज्यमन्त्री बिमला विकले गठबन्धनसँग कुनै भिजन नभएको बताउनुभएको छ ।राष्ट्रिय युवा संघ नेपाल गेरूवा गाउँपालिका कमिटीले शुक्रबार गेरूवा ३ शान्तिबजारमा आयोजना गरेको युवा विद्यार्थी भेला कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री विकले गठबन्धनमा स्वार्थ बाहेक विकासका कुनै योजना नभएको दाबी गर्नुभयो ।गठबन्धनले जिते मुलुक झन दुर्गतिमा जाने बताउदै उहाँले राष्ट्रियताको पक्षमा उभिने पार्टी एमाले भएकोले राष्ट्रियता जोगाउन एमालेमा मतदान गर्नुपर्ने उल्लेख गर्नुभयो ।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लक्षित युवा विद्यार्थी भेला कार्यक्रममा प्रमुख अतिथि पूर्व राज्य मन्त्री बिमला वि.क. रहनुभएको थियोे ।राष्ट्रिय युवा संघ गेरूवा गाउँपालिकाका अध्यक्ष धनबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य सीता मैया शाही, जिल्ला कमिटी सदस्य नरेन्द्र प्रसाद पाण्डे, गेरूवा पार्टी अध्यक्ष नुतन चौधरी, इन्चार्ज भरत धामी, सचिव शिव रिमाल लगायतको सहभागिता रहेको थियो ।राष्ट्रिय युवा संघ गेरूवा गाउँपालिकाका इन्चार्ज सुनिल बुढाले संचालन गर्नुभएको कार्यक्रममा रोशन पाण्डेले स्वागत राख्नुभएको थियो ।

Back to top button