आइज ग्रुपद्वारा ३६ जना बालबालिकाकालाई सहयोग

गेरूवा । आइज ग्रुपले एक कार्यक्रमका बीच ३६ जना बालबालिकाकालाई सहयोग गरेको छ । एक प्रिय राठौर मावि गेरूवा २ पाताभारमा आज भएको कार्यक्रममा जेहेन्दार तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई सहयोग गरिएको हो ।
सामाजिक कार्यमा सक्रिय आइज ग्रुपले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरि संकलन गरिएको रकमले बालबालिकालाई सहयोग गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गेरूवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण चौधरी, विशिष्ट अतिथि एक प्रिय राठौर माविका सह-प्रधानाध्यापक टंकराज शर्मा, अतिथि कालिका आविका प्रधानाध्यापक रामप्रसाद चौधरी, समाजसेवी होटुराम थारू, आइज ग्रुपका बडघर कालुराम थारू लगायतको सहभागीता रहेको थियोे ।
आइज ग्रुपमा आवद्ध हुनुका साथै एक प्रिय राठौर माविमा अध्यापनरत शिक्षक गोबिन्द सुवेदीले संचालन गर्नुभएको कार्यक्रममा बालबालिकालाई स्टेसनरी सामाग्री र विद्यालय पोशाक सहयोग गरिएको थियो ।
समाजसेवी, व्यापारी, शिक्षक, जनप्रतिनिधि लगायतले यस अभियानमा हातेमालो गरेका कारण कार्यक्रमको उदेश्य अनुसार कार्यक्रम सफल भएको आइज ग्रुपमा सक्रिय रूपमा आवद्ध गोपीराम चौधरीले जानकारी दिनुभयो ।

Back to top button