आइज ग्रुपको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, बालबालिकाकालाई सहयोग गरिने

गेरूवा । आइज ग्रुपले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा राजेन्द्र धामी र रूपेश कडायतको जोडि प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

जेहेन्दार तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरूलाई सहयोगार्थ आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगितामा रामजी थारू र जीवन चौधरी दोस्रो र रामसुरत थारू र अनुप चौधरीको जोडी तेस्रो हुन सफल भएको हो ।

गेरूवा २ स्थित एक प्रिय राठौर मावि विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा १६ टिमको सहभागीता रहेको थियोे । समाजसेवी, व्यापारी, शिक्षक, जनप्रतिनिधि लगायतबाट करिब ५० हजार रूपैयाँ आइज ग्रुपले संकलन गरेको छ ।

कार्यक्रमको उदेश्य अनुसार केही दिनमै जेहेन्दार तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरूलाई सहयोग गरिने आइज ग्रुपमा सक्रिय सिर्जन कुमार चौधरीले जानकारी दिनुभयो ।

Back to top button