सक्रिय दोस्रो कप सभ्य र भब्य तरिकारले चल्दै

गेरुवा । सक्रिय युवा समाजले आयोजना गरेको सक्रिय दोस्रो कप अन्र्तरगतका खेलहरु खेल तालिका अनुसार संचालन भईरहेका छन । असोज २९ गते उद्घाटन गरिएको सक्रिय दोस्रो कप कात्र्तिक ५ गते फाईनल खेलसँगै सम्पन्न हुने छ ।

सक्रिय युवा समाजले खेल भब्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि उद्योगी, व्यापारी, शिक्षक, राजनीतिक दल लगायतसँग सहयोग संकलन गरेको छ । अधिकांशको रोजाईमा पर्ने खेल फुटबल भएकोले आफुहरुले फुटबल प्रतियोगितालाई निरन्तरता दिइएको सक्रिय युवा समाजका अध्यक्ष निश्चल न्यौपानेले बताउनुभयो ।

सक्रिय युवा समाजले छोटो समयमा सक्रियताका साथ बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहको छ । सक्रिय युवा समाजले आयोजना गरेको सक्रिय दोस्रो कपमा सबैभन्दा ठुलो सहयोग राप्रपा बर्दिया निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार बिनय रावलले गर्नुभएको छ ।

उहाँले सक्रिय युवा समाजलाई १ लाख रुपैँयाको चेक एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको थियो । गेरुवा गाउँपालिका वडा नं. १ बनखेत स्थित खेल मैदानमा खेलहरु संचालन भईरहेका छन ।

Back to top button