ट्रयाक्टरको ठक्करबाट गेरुवामा एक जनाको ज्यान गयो

गेरुवा । बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा ट्राक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गेरुवा गाउँपालिका वडा नं. ४ खल्लागाउँका २५ बर्षिय नबिन ठकुरी रहेका छन ।

बिहिबार अन्दाजी साँझ ५ बजेतिर कर्णाली नदीले बगाएका दाउरा बोकेर राजापुर फर्कदै गरेको भे. २ त २०९ नं. को ट्राक्टरले खोनपुर गाउँमा स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार नबिन ठकुरी घाईते भएका थिए ।

घाईतेको उपचारको लागि नेपालगंज लादै गर्दा बाँके जिल्लाको खजुरा गाउपालिका वडा नं. ४ स्थित कपास फाराम पुग्दा घाईते ठकुरीको निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

ठक्कर दिने ट्राक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पाताभारका कार्यालय प्रमुख प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिनुभयो ।

मृतक ठकुरीका एक श्रीमति र ३ बर्षिय छोरा रहेका छन । मृतक ठकुरीलाई ट्राक्टरमा जडान ट्रालीको टायरले च्यापेको प्रत्येक्षदर्शीले बताएका छन ।

Back to top button