रावलले भने रेशम चाैधरी लगायत राजनीतिक बन्दिहरूकाे आवाज सदैव उठाउनेछु

गेरूवा । राप्रपाबाट प्रतिनिधि सभा सदस्य बर्दिया क्षेत्र नं. २ का उम्मेदवार बिनय रावलले नागरिक उन्मुक्ति पार्टीलाई लाेकतान्त्रिक पद्वतिले अंगिकार गरेकाे निर्वाचनमा भाग लिन नदिएकाे प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीकाे गम्भीर ध्यानाकर्षण भएकाे बताउनुभएको छ ।

लाेकतान्त्रिक प्राणालि र नेपालकाे संविधानले प्रदान गरेकाे लाेकतान्त्रिक अधिकारकाे ठाडाे उलंघन भएकाे आफुले महशुस गरेकाे उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी लाेकतान्त्रिक अधिकारकाे पक्षमा सदैव बुलन्द आवाज उठाउदै आएको पार्टी भएको बताउनुभयो ।

आगामि दिनहरूमा रेशम चाैधरी लगायत राजनितीक बन्दिहरूकाे आवाज उठाउदै उनिहरूका मुद्दाहरूमा सदैव सकारात्मक आवाज सदन सम्म उठाउने र उचित सम्बाेधन गर्ने कुरामा कहिल्यै पछि नहट्ने उहाँले आफ्नो फेसबुकमा उल्लेख गर्नुभएको छ ।

Back to top button